PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चेल्सीलाई हराउँदै लेस्टर शीर्षस्थानमा उक्लियो



पहिलोपोस्ट

चेल्सीलाई हराउँदै लेस्टर शीर्षस्थानमा उक्लियो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटीले चेल्सीलाई हराएको छ। किंग पावर स्टेडियममा भएको खेलमा घरेलु टोली लेस्टरले चेल्सीमाथि २-० गोलअन्तरले जित निकालेको हो।

लेस्टरले खेलको छैटौ मिनेटमै विल्फ्रेड एनडिडीको गोलमा अग्रता बनाएको थियो। त्यस्तै ४१ औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दा पहिलो हाफमै घरेलु टोलीले दुई गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा दुबै टिमबाट गोल नहुँदा लेस्टरले चेल्सीमाथि २-० को जित निकाल्यो।

जितसँगै लेस्टर सिटी तालिकाको शीर्षस्थानमा उक्लिएको छ। शीर्षस्थानमा रहेको लेस्टरको १९ खेलबाट ३८ अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेको १८ खेलबाट ३७ अंक छ। उता चेल्सी भने १९ खेलबाट २९ अंक जोड्दै तालिकाको आठौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell