PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पीएम कप क्रिकेटमा आज दुई खेल: पुलिसलाई सुदूरपश्चिमको चुनौती



पहिलोपोस्ट

पीएम कप क्रिकेटमा आज दुई खेल: पुलिसलाई सुदूरपश्चिमको चुनौती

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेलमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भिड्ने छन् भने मुलपानी क्रिकेट मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र प्रदेश १ प्रतिस्पर्धा गर्नेछन्। दुबै खेल बिहान ९ बजे सुरु हुनेछ।

कीर्तिपुरमा हुने खेलमा नेपाल पुलिस र सुदूरपश्चिम दुबै प्रतियोगितामा आफ्नो पहिलो जितका लागि उत्रने छ। यसअघि यी दुबै टिम आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएका थिए।

त्यस्तै मुलपानीमा हुने खेलमा बलियो विभागीय टोली त्रिभुवन आर्मी क्लब लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलको यात्रामा अघि बढ्न चाहन्छ। त्यस्तै प्रदेश १ प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ।

प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित जम्मा १० टिमलाई २ भागमा विभाजन गरिएको छ। समूह 'ए' त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। समूह 'बी' मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell