PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुदूरपश्चिम टस हारेर ब्याटिङमा



पहिलोपोस्ट

सुदूरपश्चिम टस हारेर ब्याटिङमा

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा सुदूरपश्चिम टस हारेर ब्याटिङमा उत्रिएको छ। कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा नेपाल पुलिस क्लबले टस जितेर सुदूरपश्चिमलाई ब्याटिङको निम्ता दिएको हो।

कीर्तिपुरमा हुने खेलमा नेपाल पुलिस र सुदूरपश्चिम दुबै प्रतियोगितामा आफ्नो पहिलो जितका लागि उत्रने छ। यसअघि यी दुबै टिम आफ्नो पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएका थिए।

टिम नेपाल पुलिस:

मञ्जित श्रेष्ठ (कप्तान), सुनिल धमला, कुशल भुर्तेल, अमित श्रेष्ठ, मोहम्मद आरिफ शेख, ललीत नारायण राजबंशी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, पवन सर्राफ, अनिल कुमार शाह, राशिद खान

टिम सुदूरपश्चिम:

सन्तोष भट्ट (कप्तान), अरुण ऐरी, खड्क बहादुर बोहोरा, सञ्जु धामी, किरण ठगुन्ना, अर्जुन साउद, बिनोद लामा, शेर मल्ल, हेमन्त धामी, नारायण जोशी, नरेन्द्र साउद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell