PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

झापामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

झापामा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौंः झापामा टिपरले पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।

टिपरको ठक्करले घाइते भएकी मेचिनगर नगरपालिका वडा नम्वर १३ स्थित चन्द्रगढी बस्ने १८ वर्षीय अन्सु शिवाकोटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मंगबार साढे ५ बजे मेचिनगर नगरपालिका वडा नम्वर १३ स्थित चन्द्रगढी चारआली सडकमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे १ ख २५१५ नम्वरको टिपरले कोटिपरले पैदल यात्री १८ वर्षीय राहुल बस्नेत र अन्सु शिवाकोटीलाई ठक्कर दिएको थियो।

टाउकोमा चोट भई उपचारको लागि दुबैलाई विएण्डसी अस्पताल लगिएको थियो। शिवाकोटीको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। प्रहरीले टिपर चालक भद्रपुर नगरपालिका वडा ९ बस्ने ३२ वर्षीय सुमन ओझालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell