PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हराएका भनिएका ज्याक मा देखिए भिडियो मिटिङमा



हराएका भनिएका ज्याक मा देखिए भिडियो मिटिङमा

अलिबाबा ग्रुपका संस्थापक ज्याक मा एक कार्यक्रममा देखिएका छन्। उनी गत अक्टोबरबाट सार्वजनिक कार्यक्रममा नदेखिएको भनी अन्तर्राष्ट्रिय मिडियामा चर्चा छाएको थियो। त्यसैले उनलाई कतिपय मिडियामा उनी हराएको आशंकासहित समाचार प्रकाशनप्रसारण भएको थियो।

उनी बुधवार ग्रामीण भेगका सय जना शिक्षक सहभागी भिडियो मिटिङमा उपस्थित भएको टिएनमु न्युजलाई उद्धृत गर्दै युएस न्युजले जनाएको छ। भारतीय समाचार पोर्टल टाइम्स अफ इन्डियाले पनि टिएनमु न्युजलाई नै उद्धृत गर्दै ज्याक मा भिडियो मिटिङमा देखिएको समाचार प्रकाशन गरेको छ। यता रोयटर्सले पनि यही दाबीका साथ समाचार प्रकाशन गरेको छ।

बेलायतको  डेली मेल लगायतले सहितका अन्य अन्तर्राष्ट्रिय मिडियामा रिपोर्ट आएपछि भारतीय अधिकांश मिडियामा उनी हराएको भन्दै समाचार प्रकाशित भएका थिए।

त्यही टेलिभिजनमा जज परिवर्तन गरिएको विषयलाई हवाला दिँदै भारतीय मिडियाहरुले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको टकरावका कारण ज्याक हराएको टिप्पणी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell