PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बहसको समय छोट्याइयो, न्यायाधीशले भने : बहस गर्दा गर्दै भोट हाल्ने दिन नपुगोस्



पहिलोपोस्ट

बहसको समय छोट्याइयो, न्यायाधीशले भने : बहस गर्दा गर्दै भोट हाल्ने दिन नपुगोस्

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आइतवारदेखि सुरु भएको सुनुवाइमा अब भने बहसको समय निर्धारण गरिएको छ।

आजबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेर राणाले बहसको समय निर्धारण गर्न भनेका हुन्। एउटै वरिष्ठ अधिवक्ताले लामो समयसम्म बहस गर्ने गरेकाले समय धेरै लाग्ने भएपछि समय सिमा निर्धारण गरिएको हो। प्रधानन्यायाधीश राणाले आज वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीलाई आधा घण्टाभित्र बहस सक्न भने।

त्यस्तै अधिवक्ताहरुले १ घण्टा समय माग गर्दा न्यायाधीश अनिल सिन्हाले भने,' बहस गर्दागर्दै भोट हाल्ने अवस्था नआहोस्।'सोमबारदेखि नै बहसको समय निर्धारण गर्न कुरा उठ्दै आएको थियो। न्यायाधीश सिन्हाले लामो समय बहसमा खर्चिदा चुनाव आउने र असंवैधानिक भनेर चुनावमा जानुपर्ने अवस्था आउला भनी सचेत गराएका थिए।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइमा मंगलवार पाँच जना कानुन व्यवसायीले निवेदकको तर्फबाट बहस गरेका थिए। सुरुमा डाक्टर शिवकुमार यादवले बहस गरे। त्यसपछि शेरबहादुर ढुंगाना। उनीहरुको प्रस्तुति छोटो रह्यो। तेस्रो नम्बरमा हर्कप्रसाद रावलले बहस गरे। रावलपछि रुद्र शर्माले बहस थाले। सुनुवाइमा उनले ९ वटा विषयमा धारणा राख्ने बताउँदै लामै बहस गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell