PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

भक्तपुरका सहायक सीडीओको  निधन



पहिलोपोस्ट

भक्तपुरका सहायक सीडीओको  निधन

काठमाडौंः जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारीको निधन भएको छ।

लामो समयदेखि क्यान्सर पीडित रहेका ५२ वर्षीय दुर्गादत्त ढकालको मृत्यु भएको हो। चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेका ढकालको हिजो मृत्यु भएको हो।

'हिजो मृत्यु भएको थियो। आज बिहान अन्त्येष्टि समेत भइसकेको छ,'भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाराईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell