PahiloPost

Jun 15, 2026 | १ असार २०८३

आज डाकिएको प्रदेश १ को संसद अधिवेशन प्रदेश प्रमुखको पत्र पढेर स्थगित गरिँदै



पहिलोपोस्ट

आज डाकिएको प्रदेश १ को संसद अधिवेशन प्रदेश प्रमुखको पत्र पढेर स्थगित गरिँदै

विराटनगर : आजका लागि प्रदेश १ को सातौं हिउँदे अधिवेशन डाकिएको छ। सत्तारुढ दल नेकपा विभाजनको अवस्थामा पुगेपछि अन्योलमा रहेको अधिवेशन सुरु गर्ने सहमति कार्यव्यवस्था समितिले आज तय गरेको हो।

आज प्रदेश प्रमुखले अधिवेशन सुरु गर्नका लागि पठाएको पत्र सभामुखले पढेर सुनाउने छन्। त्यसपछि बैठक स्थगित हुने बताइएको छ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश हुने विषयका कारण प्रदेशको अधिवेशनमा धेरैको ध्यान खिचिएको छ। नेकपाभित्रको फुटको राजनीतिका कारण कारवाही गरिएका सांसदहरुलाई आज प्रदेश संसदमा प्रवेश गर्न नदिनेसम्मको तयारी थियो।

तर, औ‍पचारिकताका लागि संसद बैठक डाक्ने र स्थगित गर्ने विषयमा सहमति जुटेपछि तत्कालका लागि प्रदेश संसदको राजनीतिक माहोल स्थिर हुने देखिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell