PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ब्राउन सुगर कारोबारीको सञ्जालमा लागुऔषध नियन्त्रण ब्युरोको अप्रेसन, ९ जना पक्राउ



पहिलोपोस्ट

ब्राउन सुगर कारोबारीको सञ्जालमा लागुऔषध नियन्त्रण ब्युरोको अप्रेसन, ९ जना पक्राउ

काठमाडौं : प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठूलो परिमाणको ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ। ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको ब्युरोको टोली आवश्यक अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ईलामको माई नगरपालिका४ घर भई हाल तारकेश्वर-१० मनमैजु बस्ने ३१ वर्षीय सन्दिप राई, सोही वतन भएका ३२ वर्षीय दिपक राई, ईलाम-२ मालापथ बस्ने ३६ वर्षीय केसाङ योल्म, मनाङको ङिस्याङ गाउँपालिका-३ नावल घर भई हाल स्वयम्भू बस्ने ४६ वर्षीय टासी सन्डुप गुरुङ र पाँचथरको फालेलुङ्ग गाउँपालिका-८ घर भएका ५५ वर्षीय भिम प्रसाद लोवा रहेको छन्।

त्यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका-३ बस्ने ४१ वर्षीय दिनेश कमाल, सोही वतन भएका ४३ वर्षीय सन्तोष सापकोटा, भद्रपुर नगरपालिका-१० घर भई हाल काठमाडौं बस्ने ४१ वर्षीय राजेश श्रेष्ठ र ईलाम माई जोगमाईका ३६ वर्षीय सोनाम कागतेलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरु लागुऔषध कारोबार गर्नको लागि एउटै सञ्जालमा काम गर्ने गरेको पाइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनीहरुको साथबाट प्रहरीले ब्राउन सुगर ५३६.५ ग्राम, एम्फेटामा २ थान, ६ लाख ७१ हजार ५ सय रुपैयाँ, अमेरिकन डलर ६ हजार १ सय र ३ थान सवारी साधन बरामद गरेको छ।

साथै सो कारोबारमा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी हुनुका साथै सो विषयमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। नेपालमा ब्राउन सुगरको मुल्य प्रतिग्राम १ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell