PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

सेलिब्रेटी र फ्यानलाई जोड्ने 'सेलेब्स ग्रिट्स' सार्वजनिक



पहिलोपोस्ट

सेलिब्रेटी र फ्यानलाई जोड्ने 'सेलेब्स ग्रिट्स' सार्वजनिक

काठमाडौं : नेपाली सेलिब्रेटी र उनीहरूको फ्यानलाई नजिक बनाउने वेभसाइट तथा एप्लिकेसन सार्वजनिक भएको छ। 'सेलेब्स ग्रिट्स' नाम दिइएको प्लाटफर्मबारे कार्यक्रम आयोजना गरी जानकारी दिइएको छ।

'सेलेब्स ग्रिट्स'को ब्राण्ड एम्बासडरका रुपमा अभिनेता अनुपविक्रम शाही अनुबन्ध भए।

हाल एप्लिकेसनमा ३० जनाभन्दा बढी सेलिब्रेटीहरू जोडिएका छन्। यस संख्यालाई बढाउँदै लैजाने सिइओ समुल खड्काले बताए। समुलसँगै प्रशान्त खड्का र तपेन्द्रबहादुर खड्काले प्ल्याटफर्म संचालनमा ल्याएका हुन्।


एपमार्फत् दर्शकले आवद्ध सेलिब्रेटीहरूसँग जोडिन पाउनेछन्। एप तथा साइटबाट रोजेको सेलिब्रेटीलाई अनुरोध गरेपछि सम्बन्धित निकायले सेलिब्रेटीलाई जानकारी पठाउनेछ। त्यसपछि शुभचिन्तकले आवश्यक सन्देश आफ्नै नाममा प्राप्त गर्नेछन्।

सेलिब्रेटीसँग आफू र आफ्नो परिवार तथा नजिकका व्याक्तिहरुको जीवनको विशेष उत्सवमा शुभकामना माग्न सक्नेछन्। त्यसका लागि न्यूनतम शुल्क लाग्छ। उक्त शूल्क सेलिब्रेटीले सामाजिक कार्यका लागि समेत जम्मा गर्नेछन्।


नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी, कमेडियन, मोडल एपमा उपलब्ध छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell