PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

महिला राष्ट्रिय फुटबल लिग आजबाट शुरू, आर्मी र पुलिस क्लब गोलरहित बराबरीमा रोकिए



पहिलोपोस्ट

महिला राष्ट्रिय फुटबल लिग आजबाट शुरू, आर्मी र पुलिस क्लब गोलरहित बराबरीमा रोकिए

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आजबाट शुरू गरेको महिला राष्ट्रिय फुटबल लिगको उद्घाटन खेल बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब गोलरहित बराबरीमा रोकिएका हुन्।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमश १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ। त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ। यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन्।

हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन्। त्यस्तै, टिमले प्रतियोगिताका लागि चार विदेशी खेलाडी पनि भित्र्याउन पाउनेछन्। प्रतियोगिता एक महिनासम्म चल्नेछ। सातैवटा टोलीले एन्फाबाट तयारीका लागि एक लाख रुपैयाँ र कोभिड रिलिफ फण्डबाट ५० हजार प्राप्त गर्नेछन्।

यसअघि अघिल्लो वर्ष चैत ३ गतेबाट शुरु हुने भनिएको प्रतियोगिता कोभिड महामारीका कारण रोकिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell