PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

थप ३१८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि : ६ जनाको मृत्यु, कहाँ कति छन् सक्रिय संक्रमित?



पहिलोपोस्ट

थप ३१८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि : ६ जनाको मृत्यु, कहाँ कति छन् सक्रिय संक्रमित?

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप ३१८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार १२ जनाको नमुना परीक्षणका क्रममा ३१८ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा १४५ जना छन्। जसमध्ये काठमाडौंमा ११६, ललितपुरमा २६ र भक्तपुरमा ३ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६८ हजार ३१० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, थप ६ जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ९७५ को मृत्यु भइसकेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३८३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६२ हजार ६४२ पुगेको छ।

हाल नेपालमा तीन हजार ६९३ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा दुई हजार ६०९ जना रहेका छन्। त्यस्तै, लुम्बिनी प्रदेशमा ४८९, गण्डकी प्रदेशमा २४८ र सुदूरपश्चिम प्रदेशमा १३९ जना रहेका छन्। त्यस्तै, प्रदेश १ मा ८८, प्रदेश २ मा ७४ र सबैभन्दा कम कर्णाली प्रदेशमा ४६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितमध्ये ८२९ जना अस्पताल तथा संस्थागत आइसोलेसनमा छन् भने दुई हजार ८६४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै १६५ जना आइसीयु र ३१ जना भेन्टिलेटरमा उपचाररत छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell