PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

पीएम कप: पुलिस र आर्मीको जित



पहिलोपोस्ट

पीएम कप: पुलिस र आर्मीको जित
तस्बिर क्यान

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज सम्पन्न खेलहरुमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।

आज कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा पुलिसले सुदूरपश्चिममाथि ९ विकेटको जित निकाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले खड्क बोहोराको सर्वाधिक ४० रन तथा सञ्जु दमाइको ३५ रनको महत्वपूर्ण योगदानमा ११० रन बनाएको थियो। सुदूरपश्चिमलाई सस्तैमा समेट्न सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान ४/४ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको पुलिसले १ विकेट गुमाउँदै १७ ओभरको समाप्तिमा लक्ष पुरा गर्‍यो। पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ५३ रन बनाउँदा कुशल भुर्तेल ५१ रनमा अभिजित रहे।

त्यस्तै मुलपानीमा भएको खेलमा आर्मीले प्रदेश १ लाई ४ विकेटले हरायो। टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले विवेक मेहेताको सर्वाधिक ५१ रन तथा फिर्दोस अन्सारीको ३२ रनको सहयतामा १३१ रन बनाएको थियो। बलिङतर्फ आर्मीका शहाब आलमले ४ विकेट लिँदा आकाश चन्दले ३ तथा भीम सार्की, राजेश पुलामी र सुशन भारीले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। आर्मीका लागि रोहित पौडेलले सर्वाधिक ३६ रन बनाउँदा भीम सार्कीले २९ तथा राजेश पुलामीले अभिजित २४ रन बनाएका थिए। लगातार तेस्रो जित निकालेको आर्मी सेमिफाइनलको नजिक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell