PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सुरु भयो महिला फुटबल लिग, कोभिड-१९ पछिको दशरथ रंगशालामा फर्किएको रौनक

सुरु भयो महिला फुटबल लिग, कोभिड-१९ पछिको दशरथ रंगशालामा फर्किएको रौनक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कोभिड-१९ महामारीपछि खेलकुद फर्कने क्रम चलिरहेको छ। क्रिकेट, एथ्लेटिक्स, ब्याडमिन्टनलगायतका खेलहरु फर्किइसकेका छन्। यसैक्रममा आजबाट फुटबल पनि दशरथ रंगशालामा फर्किएको छ। मोफसलमा फाट्टफुट्ट प्रतियोगिताहरु लकडाउन यता चलिरहे पनि एन्फाको आयोजनामा महिला लिग नै कोभिड-१९ पछिको पहिलो आधिकारिक फुटबल प्रतियोगिता हो।

दशरथ रंगशालामा विराटनगर महानगरपालिकाका मेयर पराजुली, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले मन्तव्य राखेका थिए। त्यस्तै, एपीएफले झाँकीहरु देखाएपछि प्रतियोगिता सुरु भएको थियो।

महिला फुटबलमा अनुभवी मानिने विभागीय टोलीबिचको प्रतिस्पर्धा थियो आज। आजको प्रतिस्पर्धामा त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले गोल रहित बराबरी खेले।

खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै पुलिसका प्रशिक्षक सञ्जिव जोशीले लामो समय पछिको खेलमा पनि खेलाडीहरुले राम्रो प्रदर्शन गरेको बताए।

‘तयारी डेढ दुई महिना गरेको। उनीहरु प्रदर्शन अपेक्षाकृत नै छ। राम्रै खेले’, उनले भने, ‘लिगमा लक्ष्य जित्ने नै हो।’

त्यस्तै, आर्मीका प्रशिक्षक राजु तामाङले धेरै पछि खेल हुँदा खेलाडीले सोचेजस्तो गर्न नसकेको बताए। खास गरी मेमेन्ट बनाएर पनि आफ्ना खेलाडीहरु चुकेको प्रतिकृया उनले दिए।

‘धेरै खेल नभएको अवस्थामा एकैपटक खेलेको गेम हुँदा राम्रो मोमेन्ट बनाएर पनि फिनिसिङमा चुक्यो। स्टाइकरले सोचेजस्तो राम्रो। ग्याप पनि धेरै भयो’, उनले अगाडि भने, ‘टिमको तयारी पनि धेरै भएन। फिनिसिङ लाइनमा कमजोरी भयो। ड्युटीमा पनि पठाउनु पर्‍यो। युनिटमा गएको थियो। बलसँग जति घुल्नु पर्ने त्यति सकिएन। पुलिस पनि राम्रै टिम हो। हामीले बराबरी हुँदा पनि सन्तोष मान्नै पर्छ।’

त्यस्तै आर्मीको खेल पनि फेरिएको उनले बताए। ‘पहिला फिजिकल हुन्थ्यो यसपटक अलि टेक्निकल देखिएको छ,’ उनले भने।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमश १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ। त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ। यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell