PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

वकिलले प्रश्न उठाएपछि न्यायाधीशले भने : 'हामी प्रधानमन्त्रीबाट प्रभावित हुन्नौं'



पहिलोपोस्ट

वकिलले प्रश्न उठाएपछि न्यायाधीशले भने : 'हामी प्रधानमन्त्रीबाट प्रभावित हुन्नौं'

काठमाडौं: प्रतिनिधिसभा विघटनकाे मुद्दा सुनुवाइका क्रममा संवैधानिक इजलासमा बुधबार प्रधानमन्त्रीले न्यायलयलाई प्रभावित पार्न खाेजेकाे विषय एक निवेदकले प्रवेश गराएका छन्।

अधिवक्ता कञ्चनकृष्ण न्याैपानेले प्रधानमन्त्रीले न्यायपालिकाकाे क्षेत्राधिकार मिचेर बाेलिरहेकाे भन्दै राेक लगाउन आदेशकै माग गरे। प्रतिनिनिधसभा पुनर्स्थापना हुँदैन भनेर जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेकाे उनकाे आराेप थियाे।

उनकाे प्रश्नमा इजलासले पुनः प्रश्न गर्‍यो दुबै तर्फबाट आइरहेकाे छ नि?

अर्का न्यायाधीश अनिलकुमार सिन्हाले भने, 'त्यसमा तपाईं समावेश हुनुहुन्छ? प्रभावित हुनुहुन्छ? छैन नि। छैन भने हामी पनि छैनौं। हामी तपाईंको बहसमा सुनिरहेका छाैं। त्यसमा जाओैं।'

अधिवक्ता न्यौपानेले संविधानवाद र शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अदालतले सन्तुलन कायम गर्नुपर्ने माग गरे। उनले दाेहाेर्‍याएर चुनावकाे कुरा गरेपछि न्यायाधीशले राेकेका थिए। एउटै कुरा गरेर बहसलाई चुनावसम्म नपुर्‍याउन न्यायाधीशले सुझाव दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell