PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जग्गाधनी बेल्जियममा तर मालपोत अधिकृत र नासुले मिलेमतोमा बेचिदिए थानकोटको २० आना जग्गा



पहिलोपोस्ट

जग्गाधनी बेल्जियममा तर मालपोत अधिकृत र नासुले मिलेमतोमा बेचिदिए थानकोटको २० आना जग्गा

काठमाडौंः मालपोतका कर्मचारीले नै नक्कली जग्गाधनी बनाएर कागजपत्र कीर्ते गरी ठगी गरेको खुलेको छ। ठगी अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ पनि गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नुवाकोट ककनी गाउँपालिका ८ घर भएका नारायण श्रेष्ट र काठमाडौं टोखा नगरपालिका बस्ने दीपक दाहाललाई पक्राउ गरेको हो। श्रेष्ठ मालपोत कार्यालय कलंकीका नायव सुव्बा र दाहाल (तत्कालीन) शाखा अधिकृत हुन्।

उनीहरुले मीना खड्काको नामको  थानकोटमा रहेको  २० आना जग्गाको नक्कली जग्गाधनी र कागजपत्र बनाएर ७२ लाख रुपैयाँ ठगी गरेको परिसरका डिएसपी प्रमेश विष्टले जानकारी दिए। वास्तविक जग्गाधनी भने बेल्जियममा छिन्। 

मालपोत अधिकृत र नासु मिलेर नक्कली धनी खडा गरेर २०७६ पुस २३ गते लिखत पारित गरेको फेला परेको हो। प्रहरीका अनुसार अधिकृत तथा नासुले  कलंकीको एक होटेलमा बसेर कीर्ते कागजात तयार पारी उक्त कार्य गरेका हुन्। 

केही समयमा वास्तविक जग्गाधनीले थाहा पाएपछि मालपोत कार्यालय कलंकीमा रहेको मोठ (जग्गाधनी दर्ता श्रेष्ता) सच्याई (केरमेट गरी) नामसारी बदर गरी मीना खड्काकै नाममा जग्गा कायम भएको अनुसन्धानमा देखिएको छ। अधिकृत दाहालले पीडितलाई बोलाई राजीनामा लिखत र जग्गाधनी पूर्जा फिर्ता लिई आफैंले राखेको खुलेको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell