PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फुलहमलाई हराउँदै म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा



पहिलोपोस्ट

फुलहमलाई हराउँदै म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले फुलहममाथि जित निकालेको छ। क्राभेन कटेजमा भएको खेलमा घरेलु टोली फुलहमलाई २-१ ले हराउँदै युनाइटेड शीर्षस्थानमा उक्लिएको हो।

खेलमा घरेलु टोलीले अग्रता बनाएको थियो। खेलको पाँचौ मिनेटमै फुलहमका अडेमोला लुकमेनले गोल गर्दै टोलिलाई अग्रता दिलाए। उता युनाइटेडका एडिन्सन काभानीले २१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए र पहिलो हाफ १-१ को बराबरीमा रोकियो।

दोस्रो हाफमा पउल पोग्बाले युनाइटेडका लागि गोल गरे। ६५ औं मिनेटमा गरेको उनको गोल नै युनाइटेडको जितका लागि निर्णयक बन्यो।

जितसँगै १९ खेलबाट ४० अंक जोडेको युनाइटेड शीर्य स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेका म्यानचेस्टर सिटी र तेस्रो स्थानमा रहेको लेस्टर सिटीको समान ३८/३८ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell