PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रधानमन्त्री कपमा आज दुई खेल: पुलिसलाई लुम्बिनीको चुनौती



पहिलोपोस्ट

प्रधानमन्त्री कपमा आज दुई खेल: पुलिसलाई लुम्बिनीको चुनौती

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै छन्। कीर्तपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेलमा नेपाल पुलिस क्लबलाई लुम्बिनीले चुनौती दिनेछ भने मुलपानी क्रिकेट मैदानमा हुने खेलमा शसस्त्र प्रहरीको एपीएफ र गण्डकी प्रदेश भिड्ने छन्। दुबै खेल ९ बजे सुरु हुनेछ।

आफ्नो पहिलो खेलमै जित निकालेको एपीएफ लगातार दोस्रो जितको खोजिमा हुनेछ। त्यस्तै ३ खेल खेलेर १ जित निकालेको गण्डकी जित्नपर्ने दवाबमा हुनेछ। कीर्तिपुरमा हुने खेलमा हिजोको खेलमा जित निकालेको पुलिस लगातार दोस्रो जित निकाल्ने प्रयासमा रहने छ। पुलिस पहिलो खेलमा बागमतीसँग पराजित भएको थियो। त्यस्तै लुम्बिनी प्रदेश आफ्नो दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिन चाहन्छ।

कीर्तिपुरमा लुम्बिनीले टस जितेर पुलिसलाई ब्याटिङको निम्ता दिएको छ भने मुलपानीमा गण्डकी टस हारेर ब्याटिङमा उत्रँदै छ।

प्रतियोगितामा तीन विभागीय र सातवटा प्रदेशको टिमसहित जम्मा १० टिमलाई २ भागमा विभाजन गरिएको छ। समूह 'ए' त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन्। समूह 'बी' मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell