PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

प्रतिनिधिसभा विघटन : बहसको समय छोट्याइयो ३० मिनेटबाट अब २० मिनेटमात्र



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटन : बहसको समय छोट्याइयो ३० मिनेटबाट अब २० मिनेटमात्र

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आइतवारदेखि सुरु भएको सुनुवाइमा आजबाट बहसको समय थप घटाइएको छ।

बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेर राणाले बहसको समय निर्धारण गर्न भनेका थिए। बुधवार ३० मिनेटका लागि तोकिएको समय आज २० मिनेटमा झारिएको हो। प्रधानन्यायाधीशले भने, 'तपाईंहरुका धेरै मान्छे छन् भनेर समय तोकेको हुँ।'

आज अधिवक्त ओमप्रसाद अर्यालले बहस गरेका छन्। उनलाई २० मिनेट समय तोकिएको हो।

संवैधानिक इजलासमा बुधवार ८ कानुन व्यवसायीले बहस गरेका थिए।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा. चन्द्रकान्त ज्ञवाली,  अधिवक्ताहरु अनिता मानन्धर जोशी, झल विश्वकर्मा, सुरेन्द्रवीर केसी, सुजन नेपाल, गोविन्द बर्तौला र कञ्चनकृष्ण न्यौपानेले बुधबार बहस गरे।

उनीहरु संविधानको धारा ७६ वरिपरि रहेर आफ्ना कुरा राखेका थिए। राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यास, राजनीतिक कि संवैधानिक भन्ने प्रश्मा केन्द्रित थियो बहस।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell