PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

काठमाडौंमा ल्यान्ड भयो कोभिड १९ विरुद्धको खोप

काठमाडौंमा ल्यान्ड भयो कोभिड १९ विरुद्धको खोप

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : भारतले सहयोग स्वरुप पठाएको १० लाख खोप सहितको विमान काठमाडौं स्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ।

आज बिहान एयर इन्डियाको बिमान खोपको खेप लिएर भारतबाट उडेको थियो। पहिलो चरणमा भारतले नेपालसहित दक्षिण एसियाली मुलुकका लागि खोप प्रदान गरेको हो। 

नेपाल ल्यान्ड भएको खोप ५ दिनभित्र मुलुकभरि पठाइसकिने तयारी सरकारले गरेको छ। यो खोप कोभिड १९ विरुद्ध फ्रन्ट लाइनमा रहेका मानिसहरुलाई दिइने जनाइएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले १० लाख डोज खोप लिएर नेपालका लागि विमान उडेको जनाएका थिए। उनका अनुसार आजै बंगलादेशलाई पनि भारतले खोप पठाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell