सनी लियोनी बलिउडमा चर्चित नाम हो। उनी पहिलो पटक ‘बिगबोस’मार्फत् दर्शकहरुमाझ चिनिएकी थिइन्। कार्यक्रमको पाँचौ सिजनमा कमाएको चर्चाकै कारण उनलाई महेश भट्टले उनलाई फिल्ममा काम गर्न अफर गरे। त्यसपछि उनको करियर फिल्म क्षेत्रमा अघि बढ्यो। 'एडल्ट स्टार'बाट उनी बलिउड अभिनेत्री बनिन्।
सनी आइटम डान्स र रियालिटी सोमा निकै खुसी देखिन्छिन्। उनको ग्ल्यामर जीवनबारे चर्चा भएपनि सनीको बाल्यकाल त्यति सहज भने थिएन। बाल्यकालमा आफू 'बुलिंङ'को शिकार भएको बताएकी छिन्। मानिसहरूले आफूलाई सताउने सम्झेर आज पनि आफूलाई डर लाग्ने बताउँछिन् उनी।
उनले अमर उज्यालासँगको अन्तर्वातामा भनेकी छिन्, ' मैले बाल्यकालमा उत्पिडन सहनुपर्यो। म गोरी थिएँ र हातगोडामा धेरै कपाल थिए। पोशाक पनि त्यति राम्रो नभएकाले म अनौठो देखिन्थें। जसकारण मेरो निकै मजाक उडाइन्थ्यो। जुन कुरा मेरो जीवनको तीतो अनुभव हो।'
बलिउडमा आउनुअघि सोसल मिडियामा समेत ट्रोलको शिकार बनेकी थिइन्। तर आफूले ती कुरामा कहिले पनि ध्यान नदिएको बताइन्। बरु आफ्नो काममा निकै इमानदारीका साथ लागेको उनको दावी छ।
हाल सनी विक्रम भट्टको फिल्म ‘अनामिका’मा देखिँदै छिन्। साथै डेयरिङ रियालिटी सो 'स्पिल्ट्सभिल्ला'मा पनि काम गर्ने भएकी छिन्।