PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

आशिफको उत्कृष्ट ब्याटिङमा एपीएफको जित



पहिलोपोस्ट

आशिफको उत्कृष्ट ब्याटिङमा एपीएफको जित

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले गण्डकी प्रदेशमाथि जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले ६ विकेटको सानदार जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको गण्डकीले ४६ ओभर सकिँदा १०६ रन बनाएर अलआउट भएको थियो। जसमा समीर कणेलले सर्वाधिक ३६ रन बनाउँदा दीपेश खत्री र विष्णु पाण्डेले समान समान १५/१५ रन जोडे। बलिङतर्फ एपीएफका कमल ऐरीले उत्कृष्ट बलिङ गर्दै ११ रन दिएर ४ विकेट लिए। त्यस्तै किशोर महतो र शरद भेषवाकरले समान २/२ विकेट लिँदा किशोर महतोले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १७.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि आशिफ शेखले सर्वाधिक ७८ रन बनाउँदा सुमित महर्जनले १८ रन बनाए।

बलिङमा चन्द्र पौडेल र विशाल पौडेलले समान २/२ विकेट लिए।

जारी प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो भने ४ खेल खेलेको गण्डकीको तेस्रो हार हो। यो सँगै गण्डकी प्रतियोगितामा सेमिफाइनलको होडबाट बाहिरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell