PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

‘टर्मिनेटर’ अभिनेता आर्नोल्डले लगाए कोभिड-१९ विरुद्धको भ्याक्सिन



पहिलोपोस्ट

‘टर्मिनेटर’ अभिनेता आर्नोल्डले लगाए कोभिड-१९ विरुद्धको भ्याक्सिन

हलिउड स्टार तथा क्यालिफोर्नियाका पूर्व गभर्नर आर्नोल्ड स्वार्जेनेगरले कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाएका छन्। आर्नोल्डले बिहीवार कोभिड-१९ भ्याक्सिनको पहिलो डोज लगाउँदाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेका हुन्।

७३ वर्षीय अभिनेताले लस एन्जसलको डोजर स्टेडियममा सञ्चालित भ्याक्सिनेसन क्लिनिकमा लाइनमा बसेर भ्याक्सिन लगाएका हुन्। ६५ वर्षभन्दा माथिकाहरुले भ्याक्सिन लगाउन पाउने व्यवस्था भएपछि उनले भ्याक्सिन लिएका हुन्।

हलिउड फ्रान्चाइज ‘टर्मिनेटर’का स्टार अभिनेता आर्नोल्डले अन्य नागरिकलाई पनि कोभिड-१९ विरुद्धको भ्याक्सिन लिनको लागि प्रोत्साहन गरेका छन्। उनले आफ्नो फिल्मको प्रख्यात डायलग ‘कम विथ मी इफ यू वान्ट टू लिभ (बाँच्न चाहन्छौ भने मसँग आउ)’ भन्दै मानिसहरुलाई भ्याक्सिन लगाउन प्रोत्साहन गरेको भिडियोमा देखिएको छ।

 

त्यस्तै, उनले उक्त भिडियो सेयर गर्दै ट्विटरमा लेखेका छन्, ‘आजको दिन निकै राम्रो रह्यो। लाइनमा बस्दा पनि मलाई आज जति खुसी कहिल्यै भएन। यदि तपाई योग्य हुनुहुन्छ भने भ्याक्सिन लगाउनुस्। कम विथ मी इफ यू वान्ट टू लिभ!’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell