PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

अग्नि खरेललाई टीकारामको कटाक्ष : ओलीको पक्षमा बोल्नुपर्दा अफ्ठ्यारो होला



कमलराज भट्ट

अग्नि खरेललाई टीकारामको कटाक्ष : ओलीको पक्षमा बोल्नुपर्दा अफ्ठ्यारो होला

काठमाडौं : पाँच दिनदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनमाथिको सुनुवाई जारी छ। बहसमा न्यायाधीशहरुले कडा तथा हँस्यौंली पारामा प्रश्नसमेत गर्ने गरेका छन्। त्यस्तै, अधिवक्ताहरुले विपक्षीलाई कटाक्ष पनि उतिकै गरिरहेका छन्।

त्यस्तै आज बहसमा उत्रिएका अधिवक्ता टीकाराम भट्टराईले महान्यायाधीवक्ता अग्नि खरेलमाथि कटाक्ष गरेका छन्।

संविधान बनाउँदा कार्यपालिकालाई विघटनको अधिकार नराखेको भन्दै तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र सदस्य एवं अहिलेका महान्यायाधिवक्ता अग्नि खरेलले बालेको कुरालाई प्रमाणको रूपमा लिनुपर्ने भट्टराईले जिकिर थियो।

अहिले प्रम केपी ओलीको पक्षमा बोल्नुपर्ने अफ्ठेरो अवस्था भएको बेला हामीले संसदीय दलको उपनेता र महान्यायाधीवक्ताको हैसियतले हैन संविधानसभाको अध्यक्ष र सदस्यको हैसियतले राख्नुपर्छ।

उहाँहरूमात्र होइन संविधानसभा सदस्यहरू कृष्णप्रसाद सिटौला, माधव नेपाल, सुशील कोइरालाहरूले त्यतिखेर बोलेका कुरा प्रमाणका रूपमा लिनुपर्छ। बाध्यात्मक र प्रक्रियात्मक रूपमामात्र प्रमले सिफारिस गर्ने हो। म्याटर अफ राइटका रूपमा दिएको छैन।

साविकमा भएको खराबी भएकाले स्थिरताको लागि विघटनको अधिकार दिनुहुँदैन भनेर हटाएको र त्यस प्रक्रियामा ७ वटा बैठकमा गएको रेकर्ड पेश गर्ने भट्टराईले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell