PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कोभिड १९ विरुद्धको खोप दिएकोमा प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद



पहिलोपोस्ट

कोभिड १९ विरुद्धको खोप दिएकोमा प्रधानमन्त्री ओलीले दिए भारतीय प्रधानमन्त्री मोदीलाई धन्यवाद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दश लाख डोज खोप उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका छन्। 

नेपाल सहित दक्षिण एसियाली मुलुकहरुमा भारतले कोभिड १९ को खोप उपलब्ध गराउने प्रतिवद्धता अनुसार आज पहिलो खेपमा १० लाख डोज खोप नेपाल ल्याइएको छ।

एयर इन्डियाबाट कोरोना भाइरस विरुद्धको खोप ल्याइएको हो। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री सहित भारत सरकारलाई संकटको यस्तो अवस्थामा खोप उपलब्ध गराएकोमा धन्यवाद दिएका हुन्। 

छिमेकी मुलुकबाट प्राप्त सहयोगलाई उनले मैत्रीपूर्ण गेस्चरका रुपमा लिएको पनि जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell