PahiloPost

Jun 15, 2026 | १ असार २०८३

छायाँकनका लागि निस्कियो फिल्म 'गणपति’ युनिट



पहिलोपोस्ट

छायाँकनका लागि निस्कियो फिल्म 'गणपति’ युनिट

काठमाडौं : फिल्म ‘गणपति’ युनिट छायाँकनका लागि फ्लोरमा निस्किएको छ। विहीवार तनहुँको बन्दीपुर, थारुबासबाट फिल्म खिच्‍न थालिएको हो।
सविन अधिकारीको कथा, पटकथा, संवाद तथा निर्देशन रहने फिल्ममा अभिनेता मुकुन भुषाल र मेनुका प्रधानको मुख्य भूमिका रहनेछ। अन्य कलाकार सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एललगायतको अभिनय रहनेछ।

भगवान र मानिसबीचको फरक देखाइने भनिएको फिल्मलाई हरिबहादुर घलेले खिच्दैछन्। फिल्मको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत भरेका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले आवाज दिएका छन्।

गोविन्द शाहीले देशभर वितरण अधिकार लिएको फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ। निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिने दावी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell