PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

कोरोनाका कारण ४ जनाको मृत्यु, ३ सय ३६ जनामा देखियो संक्रमण



पहिलोपोस्ट

कोरोनाका कारण ४ जनाको मृत्यु, ३ सय ३६ जनामा देखियो संक्रमण
फाइल फोटो।

काठमाडौं : बिहीवार कोभिड-१९ संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा संक्रमणका कारण १ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ।

बिहीवार ३ सय ३६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ६ सय ४६ छ। २ लाख ६२ हजार ८ सय ६८ जना संक्रमण मुक्त भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell