PahiloPost

Jun 15, 2026 | १ असार २०८३

बराबरीमा रोकिए बिराटनगर र वालिङ



पहिलोपोस्ट

बराबरीमा रोकिए बिराटनगर र वालिङ

काठमाडौं: महिला राष्ट्रिय लिग अन्तर्गत आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बिराटनगर महानगरपालिका र बालिङ नगरपालिका बराबरीमा रोकिएको छ। आज भएको दोस्रो खेलमा बिराटनगर महानगरपालिका र वालिङ १-१ को बराबरीमा रोकिएका हुन्।

खेलको दोस्रो मिनेटमै वालिङले सम्झना शर्माको गोलमा अग्रता बनाएको थियो। हिमा रावतले कर्नरबाट प्रहार गरेको बललाई हेडिङमार्फत गोल गर्दै उनले अग्रता बनाएकी थिइन्।

पहिलो हाफमा वालिङ एक गोलले अघि रहे पनि दोस्रो हाफमा बिराटनगरकी भारतीय खेलाडी आशा कुमारीले फ्रिकिकमार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन्।

आजै भएको पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकामाथि ६-० को फराकिलो जित निकालेको थियो।

भोलि हुने खेलमा चौदण्डीगढी नगरपालिका र नेपाल पुलिस क्लब भिड्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell