PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

सुशान्त सिंह राजपुतको जन्मदिनमा नोस्टाल्जिक बनिन् अकिंता लोखंडे



पहिलोपोस्ट

सुशान्त सिंह राजपुतको जन्मदिनमा नोस्टाल्जिक बनिन् अकिंता लोखंडे

कलाकार अकिंता लोखंडे एक समय सुशान्त सिंह राजपुतसँग प्रेम सम्बन्धमा थिइन्। सुशान्तको मूत्युपछि निस्पक्ष अनुसन्धान लागि लगातार माग गरिरहेकी छिन्।

आज सुशान्तको ३५ औं जन्मदिन। अकिंता लोखंडेले सामाजिक सञ्जालमार्फत् उनलाई सम्झिइन्। इन्स्टाग्राममा भिडियो सेयर गर्दै नोस्टालजिक बनेकी हुन् जसमा सुशान्त आफ्नो कुकुरसँग खेल्दै रमाइलो गरिरहेका छन्।

उनले लेखेकी छिन्, 'थाहा छैन कसरी शुरु गरुँ, के लेखुँ तर म आज पुरानो भिडियो सेयर गर्दैछु। तिमीसँग मेरा निकै यादहरु जोडिएका छन् जुन सुखद्, रोमाञ्चक, शानदार छन्। जसलार्इ म सँधैभरि याद गरिरहने छु।'

 
 
 

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Ankita Lokhande (@lokhandeankita)

सुशान्त जहाँ भएपनि खुशी रहुन् भन्ने कामना गरेकी छिन्। 'हेप्पी बर्थडे एसएसआर', लेखेकी छिन्।

सुशान्त र अकिंताको भेट भारतीय टेलिश्रृङ्खला 'पवित्र रिस्ता' को सेटमा भएको थियो। उनीहरु छ वर्ष लामो प्रेम सम्बन्धमा रहेर अलग्गिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell