PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

माघ ५ मा नाम टिपाएका वरिष्ठ अधिवक्ताले बहस गर्न पाएनन्, बेन्चबाटै फर्काइदिए प्रधानन्यायाधीशले



पहिलोपोस्ट

माघ ५ मा नाम टिपाएका वरिष्ठ अधिवक्ताले बहस गर्न पाएनन्, बेन्चबाटै फर्काइदिए प्रधानन्यायाधीशले

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एक जना वरिष्ठ अधिवक्ता बहस गर्नबाट वञ्चित भएका छन्।

बिहीवार बहसका लागि संवैधानिक इजलासमा उपस्थित भएका सर्वोच्च अदालत बार एशोसिएसनका पूर्व सदस्य एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्य बेन्चबाटै फर्किएका हुन्। चिया ब्रेकपछि अधिवक्ता टिकाराम भट्टराई र वरिष्ठ अधिवक्ता गुणनीति न्यौपानेले बहस गरेपछि आचार्य बहस गर्न भन्दै इजलासको रोस्टम तर्फ अगाडि बढेका थिए।

तर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले वकालतनामा नभएको भनेर बहस गर्न दिएनन्।   

आचार्य निवेदक ज्ञानेनद्रराज आरणका तर्फबाट बहस गर्न आएका थिए। पालो कुरेर बसेका आचार्य अधिवक्ता न्यौपानेपछि अघि बढेका थिए। तर प्रधानन्यायाधीश जबराले वकालतनामा नभएको भनेर रोके। 'तपाईंको नाम ज्ञानेन्द्रजीले ५ गते नै ल्याउनुभएको थियो। तर हामीले वकालतनामा रोकिएको भनेर फिर्ता पठाएका हौं। छैन तपाई,' जबराले भने।

इजलासले रोकेपछि आचार्य बहस नगरि फर्किए। आचार्य फर्किएपछि अन्तिममा खगेन्द्र गिरीले बहस गरेसँगै आजको सुनुवाइ समय सकियो। भोलि फेरि सुनुवाइ हुनेछ।

आज सुरुमा अधिवक्ता ओमप्रकाश अर्याल, चिया ब्रेकअघि समृत खरेल, सुलभ खरेल, टिकाराम भट्टराईले बहस गरेका थिए। आज सबैलाई २० मिनेट, १५ मिनेट तोकिए पनि अर्यालले आधा घण्टा बढी र भट्टराईले एक घण्टा भन्दा बढी समय लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell