PahiloPost

May 14, 2025 | १ जेठ २०८२

भारतले पठाएको कोभिड-१९ विरुद्धको खोप काठमाडौंमा उत्रिँदा...

भारतले पठाएको कोभिड-१९ विरुद्धको खोप काठमाडौंमा उत्रिँदा...

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भारतले अनुदानको रुपमा पठाएको कोभिड-१९ विरुद्धको खोप आज काठमाडौं आइपुग्यो। भारतले सहयोग स्वरुप १० लाख खोप नेपाल पठाएको हो।

खोपसहितको विमान आज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो। आज बिहान एयर इन्डियाको बिमान खोप लिएर काठमाडौं उत्रेको हो। पहिलो चरणमा भारतले नेपालसहित दक्षिण एसियाली मुलुकका लागि खोप प्रदान गरेको छ।

आज आएको खोप ५ दिनभित्र मुलुकभर पठाउने तयारी सरकारले गरेको छ। यो खोप कोभिड १९ विरुद्ध फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई दिइने बताइएको छ।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्धको खोप हस्तान्तरण पनि गरिएको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell