PahiloPost

Oct 22, 2024 | ६ कात्तिक २०८१

कीर्तिपुरमा जम्यो ब्याटिङ : पुलिस र लुम्बिनीको खेलमा एक शतक, तीन अर्धशतक र पूरा १०० ओभरको खेल

कीर्तिपुरमा जम्यो ब्याटिङ : पुलिस र लुम्बिनीको खेलमा एक शतक, तीन अर्धशतक र पूरा १०० ओभरको खेल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज कीर्तिपुरमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको रोमाञ्चक खेलमा नेपाल पुलिस क्लबले ७४ रनले जित निकाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित ५० ओभरमा १ शतक र दुई अर्धशतक सहित ३१० रनको विशाल योगफल खडा गर्‍यो। पुलिसका लागि सुनिल धमलाले शतकीय पारि खेल्दै १०४ रन बनाए भने दीपेन्द्र सिंह ऐरीले ८५ र पवन सर्राफले ५० रन जोडे।

आक्रमक ब्याटिङ गरेका सर्राफले १३ बलमै ५० रन जोडेका थिए, जुन प्रधानमन्त्री कपमा सबैभन्दा छिटो बनेको अर्धशतक हो। नेपालका नयाँ प्रशिक्षक डेभ ह्वाटमोर कीर्तिपुर मैदान परिसरमा आइपुग्दा सर्राफ छक्का चौकाको वर्षा गरिरहेका थिए।

त्यस्तै, विशाल लक्ष्य पछ्याएको लुम्बिनीले पनि पुरै ५० ओभर खेल्दै २३६ रन जोड्यो। जसमा सौरभ ढकालले अर्धशतकीय पारी खेल्दै ७४ रन जोडे। सुरुमा धर्मराएको लुम्बिनीको ब्याटिङ खेल सकिन लाग्दा जमेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell