PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

चोरीको भारतीय बोलेरो बाराबाट बरामद, पठाइयो भन्सार



पहिलोपोस्ट

चोरीको भारतीय बोलेरो बाराबाट बरामद, पठाइयो भन्सार

वीरगंज : बारा प्रहरीले चोरी गरी नेपाल भित्र्याइएको भारतीय बोलेरो बरामद गरेको छ। कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरस्थित सडकखण्डमा बेवारिसे अवस्थामा पार्क गरी राखिएको सो बोलेरो बाराको प्रहरी गस्ती टोलीले हिजो दिउँसो बरामद गरेको थियो।

बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार बीआर ०५ पी ३७४२ भारतीय नम्बरको बोलेरो बरामद भएको हो। गाडीको सिस्टम चेकजाँच गर्दा चोरी गरी ल्याइएको पुष्टि भएपछि थप कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा पठाइएको उनले जानकारी दिए।

प्रहरीले बरामद गरेको बोलेरोको मूल्यांकन करिब १२ लाख हुने अनुमान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell