PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

सरकारी छाप कीर्ते मुद्दाका फरार कसुरदार पक्राउ



पहिलोपोस्ट

सरकारी छाप कीर्ते मुद्दाका फरार कसुरदार पक्राउ

वीरगंज : बारा प्रहरीले सरकारी छाप कीर्ते गर्ने एक फरार अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ बस्ने विन्दा महतो नुनिया रहेका छन्।

उनलाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा हिँजो साझ पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। बारा जिल्ला अदालतको २०६९ पुस २६ गतेको फैसला अनुसार कीर्ते मुद्दामा उनलाई १ वर्ष कैद र १ लाख ९ हजार जरिबाना भएको थियो।

उनी कीर्ते गरी फरार रहँदै आएका थिए। प्रहरीले उनलाई कैद भुक्तानको लागि अदालतमा पेस गरी वीरगंज कारागार पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell