PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लिभरपुल घरेलु मैदानमा पराजित



पहिलोपोस्ट

लिभरपुल घरेलु मैदानमा पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग पराजित भएको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोली लिभरपुल बर्नलीसँग स्तब्ध भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको अन्तिम समयमा बर्नलीले गोल गरेको थियो। खेलको ८३ औं मिनेटमा एस्ले बार्नेसले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। र, बार्नेसको यो गोलनै लिभरपुलमाथिको जितका लागि निर्णायक बन्यो।

बर्नलीले सन १९७४ यता पहिलो पटक लिभरपुललाई गृहमैदानमा हराएको हो। त्यस्तै प्रिमियर लिगमा सन् २०१७ मा क्रिस्टल प्यालेससँग पराजित भएयता लिभरपुल पहिलो पटक एनफिल्डमा पराजित भएको हो।

पराजयसँगै १९ खेलबाट ३४ अंक जोडेको लिभरपुल चौथो स्थानमा रहँदै शीर्षस्थानको होडबाट पछि परेको छ। १९ खेलबाट ४० अंक जोडेको म्यानचेस्टर युनाइटेड शीर्षस्थानमा छ भने क्रमश १८ र १९ खेलबाट ३८ अंक जोडेका म्यानचेस्टर सिटी र लेस्टर सिटी दोस्रो र तेस्रो स्थानमा छ। उता जितसँगै बर्नली १९ अंक जोड्दै तालिकाको १६ औं स्थानमा उक्लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell