A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69950c84842107.67849875): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69950c84842107.67849875,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69950c848471d6.75776169): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69950c848471d6.75776169,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

'बा'हरूको पेलानमा नेकपाका 'केटाहरू' : मिलुन्जेल कमरेड, छुट्टिएपछि पोलापोल
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

'बा'हरूको पेलानमा नेकपाका 'केटाहरू' : मिलुन्जेल कमरेड, छुट्टिएपछि पोलापोल



प्रकाश भण्डारी

'बा'हरूको पेलानमा नेकपाका 'केटाहरू' : मिलुन्जेल कमरेड, छुट्टिएपछि पोलापोल

काठमाडौं : विभाजनको रेखा कोरिएपछि नेपाल कम्युनिस्ट पार्टीभित्र हरेक दिन एकअर्काविरुद्धको दन्त बजान सामान्य बनेको छ। समकक्षी नेतासँगमात्र होइन, विपक्षमा उभिएका शीर्षदेखि तल्लो तहसम्मका कार्यकर्ताविरुद्ध पनि बिष बमन् जारी छ अहिले।

अनौपचारिक नै भए पनि नेकपा विभाजित छ। त्यसैले दुवै समूहका शीर्ष नेताहरू आफ्नो तहमात्र होइन, अर्कोतिर लागेका आफूभन्दा तल्लो तहमा रहेकाविरुद्ध पनि आक्रामक सुनिन्छन्। यसरी आक्रमक हुनेमा अरुभन्दा अगाडि छन् प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली। आक्रामक रुपमा ओली उत्रिएपछि उनकै शैली समातेका छन्, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पनि।

'देशमा ओलीमात्र थिए जथाभावी बोल्ने। अब त तपाईँहरु पनि ओलीजस्तै भइसक्नु भयो,' बुधवार एउटा अन्तरक्रियामा सम्पादकहरुले प्रचण्ड र माधवकुमार नेपाललाई यसै भनेका थिए। 

कुनै बेलामा एकअर्काप्रति समर्पित भएको अभिव्यक्ति दिने नेताहरुको शैलीले अहिले उनीहरु आफैँ खिसिट्युरीको विषय बन्न थालेका छन्।

शीर्ष नेता आफूलाई साथ दिएकाको हदै सम्मको बचाउमा लागेका छन् भने छुट्टिएकाको खिसिट्याउरीका जबरजस्ती गालीको वर्षा गरिरहेका छन्। ओली समूहका युवा नेताहरूले ओलीलाई 'बा' भनेर सम्बोधन गर्छन्। तिनैका बा अर्थात् ओली भने विपक्षी गुटमा रहेका नेतालाई होच्याउँदै भन्छन् - केटा।

'बा' र 'केटा'हरूबिच द्वन्द्व कडै देखिन्छ। 'बा' भन्नेले ओलीको तुच्छभन्दा तुच्छ अभिव्यक्तिको पनि बचाउ गर्छन्। उखान टुक्कामार्फत् ओलीले नेताहरूमाथि आक्रमण गर्दा उनी इतरका युवापुस्ताका नेताहरू भने पुराना दिनको सम्झना गराउँछन्। आफूहरूकै रगत र पसिनाले ओली प्रधानमन्त्री र पार्टी अध्यक्ष भएको भए पनि उनी हाल आफूहरूको मानमर्दनमा लागेको तर्क हुने गर्छ उनीहरूको।

बाप्रति बाहरूकै लडाइ

ओली समूहका महेश बस्नेत, निरु पाल लगायतका नेताहरूले केपी ओलीलाई 'बा' भनेर सम्बोधन गर्दै अरुलाई पनि 'बा' भन्ने उद्घोष गरिरहेका छन्। तर, प्रचण्ड-नेपाल समूह भने ओलीलाई 'बा' भनेको प्रति आक्रामक छन्। प्रचण्ड नेपाल समूहका अध्यक्ष माधव नेपालले संसद विघटनपछिका धेरैजसो सार्वजनिक कार्यक्रममा ओलीलाई 'बा' भनेकोप्रति आक्रोश ब्यक्त गरेका छन्।

'उहाँलाई कमरेड भनेको मन पर्दैन। बा भन्नुपर्ने! हो हामीले यही बा प्रवृतिविरुद्ध लडाइ सुरु गरेका हौं। उहाँ कम्युनिष्ट पार्टीमा अरु नेतालाई पनि समान हैसियतको देख्दैनन्। प्रधानमन्त्री भएको मानिसमा त्यो विनम्रता छैन,' पुस २३ मा नागरिक समाजसँगको अन्तिक्रियामा नेपालले भनेका थिए।

नेपाल पछि ओलीलाई बा भनेको प्रति रोष प्रकट गर्ने अर्का नेता हुन् झलनाथ खनाल। उनी ओलीले कम्युनिष्ट पार्टीको सिद्धान्त नै अबलम्बन नगरेको आरोप लगाउँछन्। सिनियर नेताहरूको समेत ओलीले अपमान गरिहेको बताउने गर्छन् खनाल।

प्रचण्ड-माधव समूहमा एउटा प्रसंगलाई निकै मजाकको विषय बनाइन्छ। त्यो पनि उनीहरूको मानसम्मान सँगै जोडिएको विषय हो। सचिवालययको बैठकमा ओलीले प्रचण्डको कुर्सीलाई हटाएर अरु सदस्यसँगै राखेपछि प्रचण्ड आक्रोशित थिए। त्यो प्रसङ्ग प्रचण्डले दोहोर्‍याइरहन्छन्। 'मैले नभनौ भन्दा पनि फेरि प्रसङ्ग आइहाल्छ। मेरो कुर्सी त ओलीले उहिल्यै भाँचिदिएका हुन्। माधव नेपालले बेला बेला भन्नुहुन्छ म भएको भए त कुर्सी उठाएर ओलीको छेउमा गएर उता जा भन्थेँ,' प्रज्ञा प्रतिष्ठानमा गत मंगलवार प्रेस संगठन नेपालको भेलामा प्रचण्डले भनेका थिए। गत वर्षको केन्द्रीय कमिटी बैठक प्रचण्डको अध्यक्षतामा सम्पन्न भएपछिको विवादका बेला ओलीले प्रचण्डको कुर्सी हटाइदिएका थिए।

बा र केटाहरूको सवाल जवाफ

आफ्नो पक्षमा माहोल बनाउन प्रधानमन्त्री केपी ओली पुस २४ मा धनगढी पुगे। त्यहाँ उनले आलोचनाको तारो बनाए नेकपा सुदुरपश्चिम इञ्चार्ज भीम रावललाई। उनको मुद्दालाई राजनीतिकरण गरेरे जोगाएको ओलीको अभिव्यक्ति थियो। 'अछामको एउटा केटा म जेल बस्या बेला बाटोमा हिँड्दा हिँड्दै पुलिसले समाएर ल्याएछ र भेट्टाएर मैले राजनीतिकरण गरे। अहिले कुराकानी सानातिना छैनन्। मान्छेभन्‍दा कुरा ठूला छन्,' ओलीले भनेका थिए।

धनगढीमा ओलीले आफूविरुद्ध आगो ओकल्दा रावल भने गृह जिल्लाका नेताहरूलाई बुद्धनगरको क्वालिटी बैंकेटमा भेटिरहेका थिए। उनले तत्काल ओलीले झुटो आरोप लगाएको बताए। ओलीले आफूलाई भगौडा भनेकोमा रावलको आपत्ति थियो। ओली नै भगौडा भएको रावलको आरोप थियो। 'घोषणापत्र र पार्टीबाट भाग्ने भगौडा कोही हो भने केपी ओली हो,’ रावलले भने, ‘उहाँले धनगढीमा भगौडा भन्नुभएछ। म भन्छु भगौडा केपी ओलीको पछि नलागौं।’

ओली सँगको सवाल जवाफमा उत्रिने अर्का नेता हुन नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराई। ओलीले आफूलाई केटो भनेकोप्रति भट्टराईले जवाफ फर्काएका थिए। माघ ३ मा प्रदेश १ कमिटीको भेलामा ओलीले भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका थिए। ओलीले भट्टराईलाई आफूले चुनाव जिताएर मन्त्री बनाएको भए पनि 'पुक्क लात्ताले हानेर भागेको' भन्दै कटाक्ष गरेका थिए।

त्यसको जवाफ भट्टराईले रामेछाप पुगेर माघ ४ मा दिए। ओलीमा सामान्य शिष्टता समेत नभएको भट्टराईले आरोप लगाए। ओलीको आरोपको सामाजिक सञ्जालमा पनि भट्टराईले विरोध जनाए।

'केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यवस्था मै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो।  केटो भनिपाउँदा मलाई दु:ख छैन। तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो,' ओलीप्रति भट्टराईको कटाक्ष थियो।

ओलीले प्रचण्ड-माधव समूहका नेता तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि आलोचना गर्ने गरेका छन्। प्रचण्ड माधव समूहले आन्दोलनको नेतृत्व श्रेष्ठलाई दिएपछि ओलीले उनको आलोचना गर्दै खुट्टी हेरेर पत्याएको भन्दै आलोचना गरेका थिए। श्रेष्ठ नेता नै नभएको ओलीले सार्वजनिक कार्यक्रममा आरोप लगाउँदै आएका छन्।

'तिनी कुनै जनयुद्धमा योगदान भएको नेता होइनन्। तिनैलाई संयोजक बनाइएको रहेछ। खुट्टी हेरेर पत्याएँ,' ओलीले पुस १८ को काठमाडौं जिल्ला कमिटीको बैठकमा भनेका थिए।

'ओली कम्युनिस्ट भए पनि सामन्ती हुन्'

ओलीको अभिव्यक्तिलाई लिएर नेकपाभित्र विभाजन अघि पनि बहस हुनेगरेको थियो। विभाजनपछि भने छताछुल्ल भएको छ। आफू इतरका नेताप्रति ओलीले कटु आलोचना गर्छन्। उनको यही शैली आफूलाई मन नपरेको प्रचण्ड-माधव समूहका युवा नेताहरूको मत छ।

नेकपा प्रचण्ड नेपाल समूहका युवा नेता विष्णु रिजाल ओलीलाई कम्युनिस्ट कम सामन्ती संस्कार ज्यादा भएको व्यक्तिका रुपमा टिप्पणी गर्छन्। उनको अभिव्यक्तिमा युवा नेताप्रति हेपाह प्रवृति देखाउनु नयाँ विषय नभएको रिजालको भनाई छ। आफ्ना पुराना दिनलाई बिर्सने भएकाले ओलीले युवा नेताहरूलाई हेयका दृष्टिकोणले हेरेको उनको बुझाई छ।

'उहाँ गृहमन्त्री हुँदा कति वर्षको नै हुनुहुन्थ्यो र? उहाँलाई बिर्सिसक्नुभयो। ४०/४५ वर्षको नेतालाई उहाँले केटो भन्नुहुन्छ। त्यतिबेला उहाँ के हुनुहुन्थ्यो?,' उनले प्रश्न गरे।

युवा पुस्ताका नेतालाई केटो भन्नुले ‌ओलीमा अब बुढ्यौली बढेको र त्यसको राजनीतिमा आवश्यकता नभएको देखाउने रिजालको तर्क छ।

'नेताहरूमा यस्तो तर्क किन आउँछ भन्दा उनीहरू कम्युनिष्ट भन्दा पनि समान्ती हुन्। उनलाई बुढौली पनि लागेको प्रष्ट हुन्छ यसबाट,' उनले भने।

विभाजनले गाली गलौज

माधव प्रचण्ड समूहका नेताले ओलीको बोल्ने शैलीको चर्को आलोचना गरे पनि उनी समूहका युवा नेता भने ओली तथ्य र तर्कमा बोल्ने नेता मान्छन्। बरु उनीहरू माधव प्रचण्ड समूहका नेताको अभिव्यक्ति आधारहीन भएको आरोप लगाउँछन्। ओली समूहका युवा नेता कर्ण थापाले नेकपा विभाजनले तथ्यहीन आरोप लगाउने क्रम बढेको बताए। सुरुवात प्रचण्ड-माधव समूहले गरेपछि त्यसको जवाफ आफूले दिएको उनको भनाई छ।

'कसैले पनि झुटा आरोप लगाउनु हुँदैन। बोल्दाखेरी जिम्मेवार भएमा त्यस्तो हुँदैन। तर अहिले विभाजनले आरोप प्रत्यारोप बढेको छ। यो ठीक होइन,' उनले भने।

पार्टी भित्रको आरोप प्रत्यारोपमा कसैले कसैप्रति जिम्मेवार वा कारवाहीको भागिदार हुनु नपर्ने भएकाले पनि नेताहरूले तथ्यहीन आरोप लगाएको उनको तर्क छ। युवा पुस्तामा आरोप प्रत्यारोपले राजनीतिप्रति नै वितृष्णा जगाइरहेको उनको भनाई छ। ओलीलाई 'बा' भनेको प्रति कसैले आपत्ति जनाउन नहुने उनको भनाई छ। उनले आफू अनुकुल हुदा कसैले विरोध नगर्ने बरु आफूजस्तो नभएपछि विरोध गर्ने शैली नै नेकपाको विभाजनको कारण भएको बताए।

'बा भनेकोप्रति किन आपत्ति जनाउने? त्यो त अरुले गरेको सम्मान हो। उहाँले मलाई भन्नुस् भन्दै हिँड्नु पनि भएको होइन। मिलुन्जेल त बा भनेकोमा कसैलाई आपत्ति नै थिएन,' उनले भने।

इमान्दार नेता कार्यकर्तामा गाली गलौजले नराम्रो प्रभाव पर्ने उनको पनि भनाई छ। अहिलेको युवा पुस्ता राजनीतिमा संलग्न नहुनुका पछाडि अहिलेका राम्रा भनेर प्रचार गरिएका नेताहरूको कारण भएको उनले बताए। 'राम्रो भनेर प्रचार भएकाहरू पनि भित्र खोक्रो हुन्छन्। इमान्दार नेता कार्यकर्ताको त्यति प्रचार पनि भएको हुँदैन। युवा पुस्तालाई हो यस्तैले हो निराशा उत्पन्न गराउने,' उनले भने।

विचार फरक हुँदैमा गाली गर्नु पर्दैन

ओलीलाई बा भनेकोप्रति आलोचना गर्नेप्रति आक्रामक छन् ओली समूहकी युवा नेता शान्ता चौधरी। ओलीले अभिभावकत्व लिएकाले आफूहरूले उनलाई बा भनेको उनको तर्क छ। व्यवहारिक विषयलाई कम्युनिस्ट सिद्धान्तसँग जोडेर हेर्न नहुने उनले बताइन्। 'म आफूभन्दा सिनियर नेतालाई दाइ भन्छु। सबै कुरामा कम्युनिस्ट सिद्धान्त भनेर हुँदैन। त्यसो भए घरमा पनि आमा बुबालाई कमरेड भन्नुपर्‍यो। कसैले अभिभावकत्व लिन्छ भने भन्दा किन कसलाई आपत्ती,' उनले भनिन्।

चौधरी पहिले सँगै भएका नेताहरूले आजभोलि एक अर्कालाई गाली गर्नुले राजनीतिको संस्कारमाथि प्रश्न उठाएको तर्क गरिन्। राजनीतिमा वैचारिक मत भिन्नता हुँदा आलोचना गर्दा राम्रै हुने तर गाली गलौज गर्दा दुवै पक्षलाई असर पर्ने उनको भनाई छ।

'हिजो हामी एउटै डुङ्गामा थियौं। आज विचार फरक भयो भन्दैमा गाली नै गर्नुपर्दैन नि। के थाहा भोली फेरि एकै ठाउँ पुगिन्छ कि। अर्कालाई गाली गर्दा हामी सबै खराब रहेछौं भन्ने त भयो नि,' चौधरीले भनिन्।

चौधरी ओली शैलीको बचाउ गरिन्। सुरुवात प्रचण्ड-माधव समूहले गरेपछि ओलीले बाध्य भएर जवाफ दिँदा अलि नमिठो सुनिएको उनको दावी छ। 'भए नभएका आरोप लगाएर समाप्तै पार्न खोजेपछि त्यसको जवाफ त दिनैपर्छ। यसले अलि नराम्रो सुनिएको हो। त्यो हामीलाई पनि अनुभव हुन्छ। तर यो एउटाले मात्रै सोचेर हुने कुरा होइन,' उनले भनिन्।

'गाली नगरी ओलीलाई पच्दैन'

नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोर नेकपाका नेताको जुहारीलाई नेतृत्वको अनुशासनसँग जोडेर हेर्छन्। उनको विचारमा प्रधानमन्त्री केपी ओलीमा राजनीतिक संस्कार छैन। उनलाई बा भनेको मन पर्नुले पनि उनी कम्युनिस्ट नभएको पुष्टि हुने उनको तर्क छ। वैचारिक आलोचनालाई गाली गलौज मान्न नहुने उनको मत छ। 'कम्युनिस्ट पार्टीको माक्सवादी दर्शनमा पनि खण्डन र आलोचना गरिन्छ। सकेसम्म तथ्यमा आधारित होस्। भाषाशैली मर्यादित होस् भन्ने हुन्छ। अराजक गालीगलौज गलत हो,' उनले भने।

नेपालमा राजनीतिक संस्कारमा लगातार ह्रास हुँदा नेताहरूमा राजनीतिक संस्कार विकास नभएको मान्छन् बोहोरा। उनले नेकपाको नेतृत्वले विभिन्न उमेर समूहका र विभिन्न ज्ञान भएका नेताको उचित सम्मान गर्न नसकेको बताए।

'युवापुस्ता मात्रै होइन राजनीतिमा हरेक पुस्ताको आवश्यकता पर्छ। बुढापाकाको पनि ज्ञान अनुभवलाई उचित मूल्याङ्कन गर्नुपर्छ। युवा पुस्तालाई पनि उनीहरूको कामको मूल्याङ्कन, उनीहरूको पनि आदार सम्मान नभए राजनीतिक परिपाटी नै बन्दैन,' उनले भने।

अहिले ओलीको अभिव्यक्ति शैलीमा निकै ह्रास आएको तर्क बुझेका छन् बोहोराले। उनले राज्यको माथिल्लो र पार्टीको प्रमुख पदमा बस्ने व्यक्तिले बोल्दा धेरै ध्यान दिनुपर्ने बताए। 'आफू मातहतका साथीहरूलाई मान सम्मान गर्ने योगदानको चर्चा गर्ने भएन भने राजनीतिक संस्कार हुँदैन। त्यसैले कमरेड भन्ने गरिएको हो। समानताका कुरा गर्ने हो। गाली नगरी उहाँलाई पच्दै पच्दैन,' उनले भने।

केपी ओलीको अभिव्यक्तिबाट पटक पटक आलोचित भएका नेतामा युवापङ्तिमात्र होइन, पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल पनि पर्छन्। 'पटक पटक बैंकको कर्मचारी भन्दा कस्तो महसुस होला?,' विभाजनपूर्वको अवस्थामा ओलीले दिएका अभिव्यक्तिलाई लिएर बुधवार सम्पादकहरुसँग माधवकुमार नेपालले भनेका थिए, 'अति भएपछि नबोलुँ भन्दा पनि बोल्नुपर्ने अवस्थामा पुर्‍याएका छन्। शिष्ट भाषा हुनुपर्ने हो तर यति तल्लो स्तरमा उत्रेर बोल्नुहुन्छ कि उहाँको जवाफ नदिइँ रहन सकिन्न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell