PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

महिला लिग : नेपाल पुलिसलाई चौदण्डीगढी नगरपालिकाको चुनौती



पहिलोपोस्ट

महिला लिग : नेपाल पुलिसलाई चौदण्डीगढी नगरपालिकाको चुनौती
फाइल फोटो

काठमाडौं: महिला फुटबल लिग अन्तर्गत आज एक खेल हुँदैछ। आज हुने खेलमा नेपाल पुलिस क्लब र चौदण्डीगढी नगरपालिका भिड्दैछन्।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेलमा पहिलो खेलमा आर्मीसँग बराबरीमा रोकिएको पुलिसले पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवातको खोजीमा रहेको दौदण्डगढी नगरपालिकाको सामना गर्नेछ। खेल दिउँसो साढे २ बजे सुरु हुनेछ।

यसअघि नेपाल पुलिसले दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको खेलेको थियो।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell