PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

१० वर्षअघि प्रेमीकालाई गोली हानी फरार युवक काठमाडौंमा समातिए



पहिलोपोस्ट

१० वर्षअघि प्रेमीकालाई गोली हानी फरार युवक काठमाडौंमा समातिए

काठमाडौंः १० वर्षअघि प्रेमिकालाई गोली हानी फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ताप्लेजुङको छाँगे घर भएका २७ वर्षीय कुमुकहाङ लिम्बु आङबुहाङ भनिने पवन लिम्बु लाई नियन्त्रणमा लिएको हो।

'घटना घटाएपछि उनी फरार भएर काठमाडौंमा बस्दै आएको थाहा पाएपछि हाम्रो टोलीले नियन्त्रणमा लिएको छ,' काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने। उनलाई काठमाडौंको मुलपानीबाट पक्राउ गरिएको हो। उनी बिबाह गरेर मुलपानीमा बस्दै आएको खुलेको छ।

आङ्बुहाङले २०६७ सालमा सामान्य विवादमा आफ्नी प्रेमीका सुष्मा तुम्बाहाङ्लाई पाँचथरको एक होटेलमा गोली प्रहार गरि फरार भएका थिए। टाउकोमा गोली लागेकी युवतीको मृत्यु भएपछि प्रहरीले खोजी गरिरहेको थियो। उनी ब्रिटिस सेनामा भर्ती हुन झापा आएको समयमा ताप्लेजुङ फर्किने क्रममा होटेलमा बसेको क्रममा साथमा रहेको प्रेमीकालाई गोली हानेका थिए।

अभियुक्त आङ्बुहाङलाई काठमाडौं प्रहरीले पाँचथर पठाउने तयारी गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell