PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वाग्मती प्रदेशलाई प्रदेश दुईको १ सय ८० रनको लक्ष्य



पहिलोपोस्ट

वाग्मती प्रदेशलाई प्रदेश दुईको १ सय ८० रनको लक्ष्य
फाइल फोटो: क्यान

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले वाग्मती प्रदेशसामु १८० रनको लक्ष्य प्रस्तुत गरेको छ। मुलपानी क्रिकेट मैदानमा जारी खेलमा प्रदेश दुईले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश दुईका लागि विवेक यादवले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ६६ रन जोडे। त्यस्तै कुमार थापाले २२ रन जोड्दा राहुल प्रताप सिंहले १८ रन, सुधीर चौधरीले १५ रन र सुरज कुर्मीले १३ रन जोडे।

बलिङतर्फ वाग्मतीका गौतम केसीले सर्वाधिक ४ विकेट लिँदा रामनरेश गिरीले २ विकेट लिए। त्यस्तै नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान १/१ विकेट लिए।

वाग्मती केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell