PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

मधेशबाट आएका आन्दोलनकारीहरु माइतीघरमा

मधेशबाट आएका आन्दोलनकारीहरु माइतीघरमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : तराईका विभिन्न जिल्लाहरुबाट आज काठमाडौंको प्रदर्शनमा आएकाहरु माइतीघरमा भेला भएका छन्। त्यहाँबाट उनीहरु आन्दोलनको मुख्य थलो रहेको सभागृह चोकतिर लागेका छन्। 

सभागृह चोकमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतले सम्बोधन गर्दैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेलगत्तै नेकपको ठूलो पङ्ति यसको विरोधमा उत्रिएको छ। 

माइतीघरमा भेला भएका उनीहरु जनकपुर, सर्लाही, सिराहा, धनगढी लगातका ठाउँहरुबाट काठमाडौं आएका हुन्। नेकपाले आज प्रधानमन्त्रीको कदमविरुद्ध आज शक्ति प्रदर्शन गरिरहेको छ। त्यसका लागि मुलुकका विभिन्न ठाउँबाट मानिसहरु आन्दोलनमा सहभागी गराइएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell