PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सिद्धान्त लोहनीको अर्धशतकमा प्रदेश १ ले दियो २ सय १६ रनको लक्ष्य



पहिलोपोस्ट

सिद्धान्त लोहनीको अर्धशतकमा प्रदेश १ ले दियो २ सय १६ रनको लक्ष्य

काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २१६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २१५ रन बनाएको हो।

प्रदेश १ का लागि सिद्धान्त लोहनीले सर्वाधिक ६६ रन बनाउँदा शुभाङ्कर राओले ३६ रन जोडे। त्यस्तै मिनस थापाले २५ रन बनाउँदा श्रवण यादव र फिर्दोस अन्सारीले समान १७/१७ रन जोडे।

बलिङतर्फ रबीन्द्र शाहीले सर्वाधिक ३ विकेट लिँदा दिनेश अधिकारी र दिनेश चुनराले समान २/२ विकेट लिए। त्यस्तै दिवान पुन, राज शाह समान १/१ विकेट लिए।

कर्णाली प्रदेश केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell