PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

कर्मचारीबाटै कुटिए ड्राईपोर्ट भन्सारका हाकिम, कर्मचारी भन्छन्, ‘शौचालयमा थुन्ने कोशिस भएपछि धक्का मात्र दिएका हौँ’



राधेश्याम पटेल

कर्मचारीबाटै कुटिए ड्राईपोर्ट भन्सारका हाकिम, कर्मचारी भन्छन्, ‘शौचालयमा थुन्ने कोशिस भएपछि धक्का मात्र दिएका हौँ’

वीरगंज : वीरगंज-२५ स्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत डा लालबहादुर खत्रीमाथि कर्मचारीहरुले दुर्व्यवहार गरेका छन्। गत पुस २९ गते दिउँसो २ बजे नेपाल इन्टरमोडेल यातायात विकास समिति ड्राईपोर्ट शाखाका शाखा अधिकृत तर्कराज जोशी अर्का कर्मचारी किशोर कुर्मी र क्वारेन्टाइनका एक जना कर्मचारी गरी तीन जनालाई दुर्व्यवहार गर्दै शौचालयमा थुन्ने प्रयास गरेपछि कर्मचारीहरुले उनलाई कुटपिट गरेको बताइएको छ।

कर्मचारीहरुले उनलाई धक्का दिई कुटपिट गरेको भन्सार कार्यालयकका कर्मचारीहरुले बताएका छन्। यस विषयमा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत खत्रीले कार्यालयलाई राम्रो बनाउनु पर्ने उपदेश सिकाउँदा आफूले दुर्व्यवहार खेप्नु परेको बताएका छन्।

भन्सार कार्यालयको पहिलो तल्लामा रहेको इन्टरमोडेलको शौचालयलाई व्यवस्थित बनाउनु पर्ने विषयमा इन्टरमोडेलका कर्मचारी जोशीसँग विवाद हुँदा आफू दुर्व्यवहारको सिकार भएको खत्री बताउँछन्।

खत्रीले भने, ‘शौचालय सफा छैन, न साबुन न सेनिटाइजर राखिएको छ, महिला-पुरुष छुट्याउने बोर्ड थिएन, मैले यसै विषयमा जोशीसँग कुरा राखे, त्यसपछि आफुलाई कुटपिट गर्दै नियतले धक्का दिएर हातपात गरेका हुन्।’

यता, इन्टरमोडेलका शाखा अधिकृत जोशीले आफूहरुले उनलाई नकुटेको र ज्यान जोगाउन धक्का दिएर शौचालयबाट निस्केको प्रतिक्रिया दिए।

‘हाकिम साहेबले आफ्नो पदको गरिमा राख्नु भएन, हामीलाई शौचालय व्यवस्थित भएन भनी हप्काए, तीन जनालाई शौचालयमा थुनिसक्नु भएको थियो, त्यसपछि हामी उहाँलाई धक्का दिएर त्यहाबाट निस्केका हौँ।’

जोशीले भन्सार चिफ भएर उनको व्यवहार सो अनुरुप नभएको बताए। उनले ड्राईपोर्ट भन्सारमा जहिलेदेखि प्रमुख भन्सार अधिकृत आए, त्यसदिनदेखि कार्यालयका कर्मचारी र बाहिरका पाहुनाहरु असन्तुष्ट हुने गरेको बताए।

वीरगंजमा आएर कर्मचारी कहिले चीनमा दिने सेवा जस्तो प्रभावकारी भएन, कार्यालय व्यवस्थित भएन, कहिले ड्राईपोर्ट इन्टरमोडेलको नाममा किन छ भनी सोध्नु हुन्छ,’ जोशीले भने, ‘पीएचडी गरेको व्यक्ति हुन्, मिठो बोलेर काम लिनु पर्ने बेलामा सबैसँग आफ्नो पदको रवाफ झारिरहेका कारण विवाद भइरहेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell