काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आज राजधानीमा भव्य प्रदर्शन भएको छ। सत्तारुढ दलकै विपक्षी खेमाका रुपमा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु प्रदर्शनमा सहभागी छन्।
पार्टीभित्रको विवाद सुल्ट्याउनुको साटो प्रतिनिधिसभा नै विघटन गरेका कारण ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु विरोधमा उत्रिएका हुन्। पार्टी फुटमा गइसकेको भए पनि निर्वाचन आयोगले ओली पक्ष वा दाहाल-नेपाल पक्ष को मुल पार्टीको हो छुट्याउन सकेको छैन। अर्कातर्फ सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलाशमा सुनुवाई भइरहेको छ।
यसैबीच नेकपाको सत्ता पक्ष र विरोधी पक्षबिच शक्ति प्रदर्शनको होड जारी छ। त्यही क्रममा आज राजधानी ठप्प पार्नेगरी प्रदर्शन सुरु भएको हो।
