काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको प्रचण्ड-माधव नेपाल समूहले आज राजधानीमा प्रदर्शन गरेको छ।
नेकपाको ओली पक्ष र प्रचण्ड-नेपाल पक्षबीच पछिल्लो समय शक्ति प्रदर्शनको होड जारी छ। त्यही क्रममा आज राजधानी ठप्प पार्नेगरी प्रदर्शन शुरु भएको हो।
आजको प्रदर्शनमा सरकार विरोधी नारा त लागेका छन् नै तर बाजागाजासहित नाचगान गर्दै प्रदर्शन पनि भइरहेको छ। नारा लगाउनेहरु आक्रोशित र उत्तेजित देखिएका छन् नाचगान गर्नेहरु हसिलो मुद्रामा देखिए।