PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

फिल्म ‘परदेशी-२’ आउँदो दशैँमा रिलिज हुने



पहिलोपोस्ट

फिल्म ‘परदेशी-२’ आउँदो दशैँमा रिलिज हुने
फोटो : प्रकाश सपूत/फेसबुक

नेपाली फिल्म ‘परदेशी-२’को प्रदर्शन मिति तय भएको छ। आउँदो वर्षको दशैँमा फिल्म रिलिज हुने बताइएको छ। फिल्मलाई नारायण रायमाझीले निर्देशन गरेका हुन्।

यो वर्षको दशैँमा रिलिज हुने तय गरिएको भएतापनि कोरोना भाइरसका कारण रिलिज हुन सकेन। हाल चलचित्रको छायांकन सकिएसँगै निर्माण पक्षले प्रदर्शन मिति तोकेको हो।

नारायण ईन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा ‘परदेशी-२’ को निर्माण गरेका हुन्।

चलचित्रको कथा रमेश विजीले लेखेका हुन्। चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell