PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

प्रधानमन्त्री ओलीलाई सडकमा आउन झलनाथको निम्तो : बालुवाटारका केही मान्छेको पार्टी होइन, सडकमा आएर हेर्नुस्



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई सडकमा आउन झलनाथको निम्तो : बालुवाटारका केही मान्छेको पार्टी होइन, सडकमा आएर हेर्नुस्

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली पार्टीका भगौडा भएको आरोप लगाएका छन्।

'केपी ओली कम्युनिस्ट आन्दोलनका भगौडा हुन्। कम्युनिस्ट पार्टीका भगौडा हुन्,' नेकपाको प्रचण्ड-माधव नेपाल समूहले काठमाडौंमा गरेको विरोधसभामा बोल्दै उनले भने, 'केपी ओली बालुवाटारका केही व्यक्तिको सानो गुट लिएर कम्युनिस्ट पार्टीलाई त्याग गरेका छन्।'

उनले रुखका केही पात झर्दैमा रुख नढल्ने बताउँदै अगाडि भने, 'रुखका पात झर्छन्। किराले खाएका बोक्रा झर्छन्। तर, त्यसपछि रुख बलियो भएर खडा हुन्छ। नेकपा सुदृढ भएर गएको छ। पार्टीभित्र गलत तत्व अट्दैनन्। बस्न सक्दैनन्।'

केपी ओलीले अपराधिक प्रतिगामी काम गरेकाले उनलाई पार्टीबाट हट्नुपर्ने अवस्था आएको नेता खनालले दाबी गरे। 

उनले ओलीका मान्छेहरुले सेटिङ गरेको भन्दै नेकपामा आफ्नो दाबी पेश गरे। 

'बालुवाटारमा बसेका केही मान्छेको पार्टी हाम्रो हो भन्दै हिँडेका छन्। सेटिङ गरेका छौँ। निर्वाचन आयोगमा हाम्रा मान्छे हालेका छौँ। पार्टी हाम्रै हो भन्दै देशभर आसेपासेहरुले भन्दै हिँडेका छन्,' उनले अगाडि भने, 'म निम्तो दिन चाहन्छु केपी ओलीलाई एक पटक बालुवाटारबाट बाहिर निस्केर सडकमा आउनुस्। कुन चाहिँ पार्टी आधिकारिक हो थाहा हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell