PahiloPost

Jun 15, 2026 | १ असार २०८३

नेकपाको आन्दोलनमा रुखलाई सास्ती!

नेकपाको आन्दोलनमा रुखलाई सास्ती!

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पार्टीको अन्तरकलह सम्हाल्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आज उनको कदमविरुद्ध राजधानीमा भव्य प्रदर्शन भयो। आन्दोलनमा उत्रिएको नेकपाले आज राजधानीमा शक्ति प्रदर्शनसहितको सभा आयोजना गरेको हो।

राष्ट्रिय सभागृह केन्द्र बनाएर टी आकारमा सभा आयोजना हुँदा भद्रकालीदेखि रत्नपार्क र सभागृहदेखि पद्मोदय मोडसम्म नेकपाका नेता कार्यकर्ताको खचाखच थियो। टुँडिखेलसँग जोडिएर बनाएको मञ्चमा रहेका नेतालाई देख्न नजिकै रहेकाले त सक्थे तर टाढाबाट उनीहरुको दृष्य दुर्लभ थियो। भाषण सुन्नेहरुलाई चर्का स्पिकर उपलब्ध थिए।

त्यसैले हुनुपर्छ यो आन्दोलनमा नेतालाई मञ्चमा हेर्नेहरुले बैकल्पिक बाटो रोजे। उनीहरु वरपर रहेका रुखमा उक्लिन थाले। धेरैपछि राजधानीका रुखमा यसरी मानिसहरु चढेको देखियो। आन्दोलनको यो कार्यक्रममा उनीहरु जोखिम मोलेरै भए पनि रुखमा उक्लिएका थिए। हेर्नुस् दृष्यहरु :



ट्रेन्डिङ पोस्ट

Ncell