PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

संविधान आइसीयूमा छ तर केपी ओली मान्छे हसाउँदै हिँड्नु भएको छः प्रचण्ड



पहिलोपोस्ट

संविधान आइसीयूमा छ तर केपी ओली मान्छे हसाउँदै हिँड्नु भएको छः प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई कु गरेर मानिस हसाउँदै हिँडेको आरोप लगाएका छन्।

राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अजिवको मान्छे भएको संज्ञा दिँदै भने,'जब घरमा मर्छ। गाउँ टोल नै शोकमग्न हुन्छ। केपी ओलीजी हाँस्दै हिँड्नु हुन्छ। संविधान आइसीयूमा छ। तर, उहाँ हाँस्दै हिँड्नु भएको छ। कमेडी गर्नुभएको छ। उल्टो खोपडीको मान्छे।'

उनले पार्टी एकता हुँदैगर्दा गरेका सम्झौता पूरा खोजे पनि नसकिएको बताए।

'केपी ओलीले सहमति गर्न चाहेनन्। वाचा पूरा गर्न चाहेनन्,' प्रचण्डले भने, 'त्यसमा म ओलीलाई मात्र दोष दिन चाहन्न। हाम्रो पनि केही कमजोरी छ। यो तीन वर्षमा केपीलाई तह लाउन सकेनौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell