PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

२४ जनवरीमा प्रेमिका नताशासँग विवाह बन्धनमा बाँधिदै बरुण धवन



पहिलोपोस्ट

२४ जनवरीमा प्रेमिका नताशासँग विवाह बन्धनमा बाँधिदै बरुण धवन
Photo: WION

बलिउड अभिनेता बरुण धवनको २४ जनवरीमा प्रेमिका नताशा दलालसँग बिहे हुने भएको छ। उनको बिहे अलिबागको शानदार रिसोर्ट 'द म्यान्सन' हाउसमा हुने छ। जहाँ बिहेको तयारी धुमधामले भइरहेको छ।

२३ जनवरीमा हल्दी, मेहन्दी र संगीत सेरेमोनी हुनेछ। उनीहरुको बिहे पञ्जावी संस्कारमा सम्पन्न हुने भारतीय मिडियाहरुले उल्लेख गरेको छन्। यसअघि उनीहरुको २ दिन पहिले नताशाको घरमा ‘इन्गेज्मेन्ट’ समेत भएको थियो।

उनीहरुको बिहे गत वर्ष नै हुने तय भएपनि कोरोना भाइरस र लकडाउनका कारण पछि सारिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell