PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वाग्मती प्रदेशको जितमा पृथु बास्कोटाको अर्धशतक



पहिलोपोस्ट

वाग्मती प्रदेशको जितमा पृथु बास्कोटाको अर्धशतक
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा वाग्मती प्रदेशले प्रदेश २ लाई हराउँदै लगातार तेस्रो जित दर्ता गरेको छ। आज सम्पन्न खेलमा वाग्मतीले ६ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश दुईले वाग्मती प्रदेशसामु १८० रनको लक्ष्य प्रस्तुत गरेको थियो। मुलपानी क्रिकेट मैदानमा जारी खेलमा प्रदेश दुईले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको हो। जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीले ४८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो।

सुरुवाती  ब्याटिङ गरेको प्रदेश दुईका लागि विवेक यादवले अर्धशतकीय पारीको सर्वाधिक ६६ रन जोडे। त्यस्तै कुमार थापाले २२ रन जोड्दा राहुल प्रताप सिंहले १८ रन, सुधीर चौधरीले १५ रन र सुरज कुर्मीले १३ रन जोडे।

बलिङतर्फ वाग्मतीका गौतम केसीले सर्वाधिक ४ विकेट लिँदा रामनरेश गिरीले २ विकेट लिए। त्यस्तै नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीका लागि पृथु बास्कोटाले अभिजित रहँदै सर्वाधिक ५३ रन बनाए। त्यस्तै बिभत्सु थापाले ४७ रन बनाउँदा आकाश थापाले ३२ रन बनाए।

बलिङतर्फ प्रदेश २ का हरिशंकर साहले २ विकेट लिँदा बिशाल शुस्लिङ र कुमार थापाले १/१ विकेट लिए।

प्रतियोगितामा वाग्मती प्रदेशको यो लगातार तेस्रो जित हो भने प्रदेश दुईको लगातार दोस्रो हार हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell